अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं | जेठ ३०, २०७९

अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौँ :      गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहनुभएका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ । 

    

गीतको एरेञ्ज रिदम कँडेलले गर्नुभएको हो । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ ।  ‘तिमीलाई ठेस लाग्दा’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ ।
 
    

बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्